सोल, दक्षिण कोरिया — पछिल्लो समयमा विभिन्न रेमिट्यान्स कम्पनी तथा बित्तिय संस्थाहरूको नक्कली फेसबुक आइडी बनाएर ग्राहकहरूसँग व्यक्तिगत विवरण मागी ठगी गर्ने गतिविधिहरू तीव्र रूपमा बढिरहेका छन्। यसै क्रममा HANPASS REMITTANCE NEPAL को समेत नक्कली फेसबुक पेज बनाई ग्राहकहरूसँग पासवर्ड, OTP, फोन नम्बर, ईमेल जस्ता संवेदनशील जानकारी मागिने घटना सार्वजनिक भएको छ।
कम्पनीले यसप्रकारका नक्कली गतिविधिबाट बच्न सम्पूर्ण ग्राहकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। HANPASS REMITTANCE NEPAL ले स्पष्ट पारेको छ कि उनीहरू आफ्नो आधिकारिक फेसबुक पेजबाट कसैलाई पनि साथी बन्नको लागि अनुरोध गर्दैनन्, व्यक्तिगत जानकारी माग्दैनन् र न निजी म्यासेज नै पठाउँछन्। कम्पनीको फेसबुक पेज केवल सूचना सम्प्रेषणका लागि मात्र प्रयोग हुने बताइएको छ ।
अफिसियल सम्पर्कका लागि ग्राहकहरूले HANPASS को मोबाइल एप प्रयोग गर्न सक्नेछन्, जुन नै सुरक्षित र आधिकारिक माध्यम हो। साथै, कम्पनीको सेवा समय बिहान १०:०० बजेदेखि बेलुकी १०:०० बजेसम्म रहेको जानकारी पनि दिइएको छ।
कम्पनीले ग्राहकहरूलाई नक्कली आइडीबाट आउने अनुरोधहरूमा नफस्न, व्यक्तिगत विवरण नदिन र कुनै शंका लागेमा सिधै निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ:
थप जानकारीको लागि:
फोन नम्बर: 02-3409-1126,
मोबाइल: 010-7542-8107






