경기도, दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरू र स्थानिय सरकारबीच आपसी समझदारी तथा समन्वय सुदृढ गर्ने उद्देश्यका साथ एक विशेष कार्यक्रमको आयोजना गरिँदैछ।
कार्यक्रम दुई चरणमा सम्पन्न हुने जनाइएको छ। पहिलो चरणमा सामूहिक भेटघाट तथा परिचयात्मक सत्र हुनेछ भने दोस्रो चरणमा बृहत छलफल कार्यक्रमको आयोजना गरिनेछ।
यस कार्यक्रममा सहभागी हुन चाहने 경기도मा क्रियाशील नेपाली संघसंस्थाहरूलाई Google Form मार्फत नाम दर्ता गर्न आयोजकले अनुरोध गरेका छन्।
नाम दर्ताको अन्तिम मिति: 2025 मे 25
दर्ता लिंक: यहाँ क्लिक गर्नुहोस्
कार्यक्रमको मिति, समय र स्थान भने पछि जानकारी गराइनेछ। थप जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ: ☎ 031-875-9111
संघसंस्थाबीच सहकार्य र संवाद सुदृढ गर्ने प्रयासस्वरूप आयोजना गरिन लागेको यो कार्यक्रम 경기도मा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरूका लागि महत्त्वपूर्ण अवसर सावित हुने अपेक्षा गरिएको छ।






