हालै केही व्यक्तिहरूले रेमिटेन्स कम्पनीको नाममा नक्कली फेसबुक एकाउन्ट बनाई उपभोक्ताहरूलाई “तपाईंको विवरण अपडेट गरिदिन्छु” भन्दै आईडी, पासवर्ड, र पिनकोडजस्ता गोप्य जानकारी माग्ने घटना देखिएको छ।
सार्वजनिक जानकारी अनुसार, यस्ता नक्कली एकाउन्टहरूले विश्वास जितेर प्रयोगकर्ताको गोप्य जानकारी हात पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेका छन्। याद रहोस्, कुनै पनि विधिवत् वित्तीय संस्था वा रेमिटेन्स कम्पनीले तपाईंको व्यक्तिगत जानकारी (ID, Password, PIN) सामाजिक सञ्जालमार्फत कहिल्यै माग्दैन।
सावधानी अपनाउनुहोस्
• यस्ता नक्कली एकाउन्टलाई व्यक्तिगत जानकारी नदिनुहोस्।
• शंका लागेमा सोधपुछ वा जानकारी लिन सम्बन्धित कम्पनीको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्नुहोस्।
• आफू र अरूलाई पनि सुरक्षित राख्न यस्तो ठगीविरुद्ध सतर्क रहनुहोस्।






