न्युज केन्द्रविन्दु संवाददाता सउल
बाग्लुङ समाज दक्षिण कोरियाका २०२५ को निम्ति तय भएका मुख्य दुई कार्यक्रम बनभोज र भलिबल कप मध्यको पहिलो कार्यक्रम “बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम-२०२५” यहि मे ३ र ४ मा 안성 स्थित 진성농원펜션 मा भव्यताका साथ सम्पन्न भएको छ।
मौलिक पन्चेबाजा र लोक गायनको बेजोड प्रस्तुति सहित OPEN FIRE BBQ र टिपिकल नेपाली स्वादका परिकार हरुको साथमा सम्पन्न कार्यक्रममा दुई सय भन्दा बढी बाग्लुङे र गैर्हबाग्लुङ्गेको सहभागीता रहेको थियो।
कार्यक्रममा छोटो औपचारिक कार्यक्रम का बिच बाग्लुङ समाज दक्षिण कोरियालाइ बिभिन्न समयमा योगदान पुर्याउनुहुने व्यक्तित्व हरुलाइ सम्मान पनि गरिएको थियो ।
कार्यक्रम मा पुरुषहरुका लागी खुल्ला “लठ्ठो तान्ने” प्रतियोगिता पनि आयोजना गरिएको थियो। कुल आठ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख वन बागलुङ नगरपालिका र द्वितीय पुरस्कार ५० हजार वन ढोरपाटन नगरपालिकाले जितेको थियो। त्यसैगरी महिला का निम्ति संयोजन गरिएको “तातो आलु” अर्थात् बलपास प्रतियोगिता मा तारा काउचा प्रथम हुँदै ५० हजार वन प्राप्त गर्नुभएको थियो। पुरस्कार हरु को प्रायोजन क्रमश HYUNDAI इन्सुरेन्स DREAM HORIZAN TOURS & TRAVELS र भेटघाट रेस्टुरेन्टले गरेका थिए।
संस्था ले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा सहभागी तथा कार्यक्रम का दौरानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।
धन्यवाद पत्रको पूर्णपाठ…..







