दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायबीच २५६९ औं बुद्ध जयन्ती विशेष समारोह भव्य रूपमा आयोजना गरिने भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको सो समारोह आगामी मे ११ तारिख (आईतवार) को दिन आयोजना गरिने भएकोछ।
समारोहको तयारीबारे जानकारी दिँदै नेपाल सम्पर्क समितिका कार्यबाहक अध्यक्ष हर्क बिष्टले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई बुद्ध जयन्तीलाई भव्य र ऐतिहासिक बनाउन अनुरोध गर्नुभएको छ।
कार्यक्रमको समय दिउँसो ठिक १२:०० बजेबाट सुरु हुने र स्थल 경기 용인시 처인구 해곡동 224-4 와우정사 रहेको छ।
सो समारोह विभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिँदैछ भने विभिन्न सञ्चार माध्यमहरूको समेत सक्रिय सहभागिता रहेको छ।
सम्पूर्ण कोरियावासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भइ भगवान् बुद्धको जन्मजयन्तीलाई भव्य रूपमा सफल बनाउन आयोजक संस्थाहरूले हार्दिक निमन्त्रणा गरेका छन्।






