२०२५ मे ४ मा ह्वासङ नेपाली ब्याडमिन्टन क्लब फारानको आयोजनामा प्रथम ब्याडमिन्टन प्रतियोगिता उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। नेपालिज ब्याडमिन्टन कमिटीको तर्फबाट प्रतियोगिता सफलताका लागि आयोजक क्लबलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
A, B, C तथा महिला गरी चार विधामा सम्पन्न प्रतियोगितामा कुल ५३ टिमले सक्रिय सहभागिता जनाएका थिए। प्रतियोगिताले कोरियामा रहेका नेपाली समुदायभित्र ब्याडमिन्टन खेलप्रतिको लगाव, एकता र प्रतिस्पर्धात्मक भावना उजागर गरेको नेपालिज ब्याडमिन्टन कमिटीले जनाएको छ।
प्रतियोगितामा C लेभल विजेता प्रसान्त पुन र सुनाहाङ लिम्बु तथा C उपविजेता चेतन भारती र दिनेश राई B लेभलमा उक्लिएका छन्। त्यस्तै B लेभल विजेता वचन सेन र बिशाल राई A लेभलमा स्तरवृद्धि गर्न सफल भएका छन्।
विजेता सूची
A लेभल:
• प्रथम: बालकृष्ण केसी / सोभियत गुरुङ
• दोस्रो: सुरज लावती / सुर्य राई
• तेस्रो: खिम केसी / किरण भण्डारी र कमल कैराला / सबिन श्रेष्ठ
B लेभल:
• प्रथम: वचन सेन / बिशाल राई
• दोस्रो: दुर्गा बन्जाडे / रिजन
• तेस्रो: कमान राई / बुद्ध शर्मा र सुर्य थापा / हरि बराईली
C लेभल:
• प्रथम: प्रसान्त पुन / सुनाहाङ लिम्बु
• दोस्रो: चेतन भारती / दिनेश राई
• तेस्रो: हिमाल थापा / राजेन्द्र कार्की र कृष्ण थकुरी / बिपिन कन्दवा
महिला विधा:
• प्रथम: निसा केसी / पुजा पुन
• दोस्रो: सर्मिला थापा मगर / नविना तामाङ
• तेस्रो: इच्छाः भण्डारी / लक्ष्मी
प्रतियोगितामा पहिलो पटक सहभागी भई आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्ने महिला खेलाडीहरूलाई विशेष प्रशंसा र बधाई दिइएको छ। उनीहरूको सक्रियता र समर्पणले कोरियास्थित नेपाली खेलकुद गतिविधिमा नयाँ प्रेरणा थपेको आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनमा कुनै त्रुटि वा कमजोरी महसुस भएको खण्डमा आयोजक तथा नेपालिज ब्याडमिन्टन कमिटीको तर्फबाट क्षमायाचना व्यक्त गरिएको छ। भविष्यमा अझ उच्चस्तरीय र सहभागीमैत्री प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
नेपालिज ब्याडमिन्टन कमिटीको तर्फबाट सम्पूर्ण खेलाडी, सहभागी तथा खेलप्रेमीहरूलाई हार्दिक धन्यवाद र आगामी सफलताको शुभकामना व्यक्त गरिएको छ।






