दक्षिण कोरिया, मे ४ – तनहुँ समाज दक्षिण कोरियाको १५औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट खेम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।
नव-निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तुल बहादुर थापा, उपाध्यक्षमा विजय पन्त, महासचिवमा दिपेश थापा, र कोषाध्यक्षमा देवआले चयन भएका छन्। सचिव र सह-कोषाध्यक्ष पद भने अझ खुला रहेको जनाइएको छ।
यसैगरी, साँस्कृतिक तर्फ संयोजकमा मदन थापा र उप-संयोजकहरूमा मनोज गुरुङ, मुना गुरुङ, एन्जिला राना, सुशिला थापा, र अस्मिता विश्वकर्मा चयन भएका छन्।
सदस्यहरुमा कर्ण बहादुर थापा, दिपेन्द्र विश्वकर्मा, शिव शारु मगर, रन्जित गुरुङ, मुना गुरुङ, एन्जिला राना, रोजी थापा, र अस्मिता विश्वकर्मा रहेका छन्।






