DracuLA, Ruthless र Wrong 1 को टिमले तयार पारेको “Darcula WHY” म्युजिक सार्वजनिक

0
332

 

दक्षिण कोरियाको बुसानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सहभागितामा तयार गरिएको नयाँ र्याप गीत “DracuLA Why” सार्वजनिक गरिएको छ। उदयमान कलाकार DracuLA को लेखन र स्वरमा तयार भएको यो गीत Ruthless, Wrong 1 र DracuLA को संयुक्त प्रयासमा निर्माण गरिएको हो।

Portal Beatz को संगीतमा बनेको यस गीतको म्युजिक भिडियो Yujina Studio को छायांकनमा दक्षिण कोरियाको बुसानमा खिचिएको हो। भिडियोमा करिब ५० जना नेपाली विद्यार्थीहरूले अभिनय गरेका छन्, जसले भिडियोमा अध्ययनसँगै सिर्जनात्मकताको अद्भुत झलक प्रस्तुत गरेका छन्।

गीतको रेकर्डिङ तथा मिक्सिङ Realize Records, KR Records र Afnai Records मा सम्पन्न गरिएको हो। भिडियोलाई सम्पादन र भिएफएक्स Tamu Entertainment द्वारा गरिएको छ। निर्देशन Ruthlesss ले गरेका हुन्।

“Dracula Why” प्रोजेक्टलाई L_Town Locoos र Brothers Blood को सहकार्यमा Goons Entertainment द्वारा प्रस्तुत गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्