कोरियामा ‘पिताम्बर’को विशेष शो: २०२५ अप्रिल २० मा सुवन सो मेगाबक्समा प्रदर्शन हुने

0
143

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली चलचित्र ‘पिताम्बर’ को विशेष शो २०२५ अप्रिल २० आइतबारका दिन दिउँसो १२ बजे सुवोनस्थित मेगाबक्स हलमा हुने भएको छ।

दैलेख समाज, दक्षिण कोरिया र कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको सहकार्यमा आयोजित यो शोले प्रवासमा रहेका नेपालीबीच आपसी एकता, नेपाली कला र चलचित्र क्षेत्रको प्रवर्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

चलचित्र ‘पिताम्बर’ लाई कृषा चौलागाईंले निर्देशन गरेका हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको सहनिर्माण, विशाल चौलागाईंको निर्माण र सुमन गौतमको कार्यकारी निर्माण रहेको छ।

प्रमुख भूमिकामा चर्चित कलाकारहरूको दमदार अभिनय रहने फिल्मको ट्रेलर र पोस्टरले नै दर्शकहरूको उत्सुकता बढाएको छ।

ठेगाना: 수원시 팔달구 행궁로71 2층 메가박스(MEGABOX)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्