E-7-4R भिसा खारेजीको माग गर्दै ७२,७०० भन्दा बढी कोरियनहरूद्वारा राष्ट्रिय सभामा निवेदन

0
119

दक्षिण कोरियामा श्रमिक भिसा सम्बन्धी नयाँ नीतिको विरोधमा करिब ७२,७०० भन्दा बढी कोरियन नागरिकले E-7-4R भिसा खारेज गर्न माग गर्दै राष्ट्रिय सभाको अनलाइन प्लेटफर्ममा निवेदन दर्ता गरेका छन्।

सरकारद्वारा हालै प्रस्तुत गरिएको E-7-4R भिसा योजना राजधानी सउलबाहिरको क्षेत्रहरूमा श्रमिक अभावलाई सम्बोधन गर्न ल्याइएको हो। यो स्कीम अन्तर्गत E-9 र E-10 भिसामा रहेका आप्रवासी श्रमिकहरूले, यदि उनीहरूले दुई वर्षभन्दा बढी तोकिएको क्षेत्रमा काम गरेका छन् भने, E-7-4R भिसाका लागि आवेदन दिन सक्नेछन्।

यो भिसाले दीर्घकालीन बसाइ, परिवारलाई कोरियामा बोलाउने, र स्थायी बसोबास (Permanent Residency) को सम्भावना पनि प्रदान गर्ने भएकाले आप्रवासी श्रमिकहरूका लागि ठूलो अवसरका रूपमा हेरिएको छ।

तर petition सुरु गर्ने एक कोरियन नागरिकले भने यस प्रकारको भिसाले कोरियन युवाहरूको रोजगारीको अवसर खोसिने चिन्ता व्यक्त गरेका छन्। विशेषगरी साना तथा मझौला उद्योगमा काम गर्ने कोरियन कामदारहरूको तलब घट्ने र रोजगारी गुम्ने खतरा बढ्ने उनको दाबी छ।

यो petition मा हजारौंको समर्थन प्राप्त हुनु कोरियन समाजमा विदेशी श्रमिकसँगको प्रतिस्पर्धाबारे बढ्दो चिन्ता र असन्तुष्टि प्रतिबिम्बित गर्छ।

कोरियाली राष्ट्रिय सभाको petition प्रणालीअनुसार, कुनै पनि मुद्दाले ५०,००० वा सोभन्दा बढी समर्थन पाएमा उक्त विषय सम्बन्धित समितिमा छलफलको लागि प्रवेश पाउँछ। यो प्रक्रिया कोरियाली जनताको आवाज कानुनी स्तरमा पुर्‍याउने औपचारिक माध्यम हो।

E-7-4R भिसालाई लिएर देखिएको जनचासोले कोरियाली श्रम बजारमा आप्रवासी नीति र स्थानीय श्रमिक अधिकारबीचको सन्तुलन कायम गर्नु आजको मुख्य चुनौती बनेको देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्