सोल, कोरिया – नेपाली सिनेमा उद्योगको बहुप्रतिक्षित चलचित्र पिताम्बर कोरियाका विभिन्न शहरहरूमा आगामी अप्रिल १३ तारिखदेखि भव्य प्रदर्शन हुने भएको छ। ह्वाइट डक इन्टरटेनमेन्ट प्रा. लि. को वितरणमा आउने यस चलचित्रले नेपाली दर्शकहरूलाई कोरियामै रोमाञ्चक सिनेमाटिक अनुभव प्रदान गर्नेछ।
कृषा चौलागाईंको निर्देशनमा तयार भएको पिताम्बर मा नेपाली सिनेमाका चर्चित मल्टिस्टारहरूको अभिनय रहेको छ। चलचित्रमा दयाहाङ राई, प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरी, दिव्य देव, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्टलगायतका कलाकारहरू देख्न सकिनेछन्।
चलचित्रको संगीत आशिष अविरल र बाबुल गिरिले तयार पारेका छन् भने, द्वन्द्व निर्देशन हिमाल केसीले सम्हालेका छन्। चलचित्रको छायांकन पुष्पोत्तम प्रधानले गरेका छन्। निर्माता विशाल चौलागाईंले यसलाई विशेष रूपमा नेपाली दर्शकमाझ ल्याएका हुन्।
नेपालको बहुप्रतिक्षित चलचित्र ‘पिताम्बर’ कोरियामा प्रदर्शन हुँदै कोरियामा रहने नेपालीहरूका लागि पिताम्बर अविस्मरणीय सिनेमाटिक अनुभव हुने विश्वास गरिएको छ। कोरियाका विभिन्न शहरहरूमा फिल्मको बुकिङ खुलिसकेको छ, साथै टिकट तथा अन्य जानकारीका लागि 010-2240-3241 वा 010-9900-7037 मा सम्पर्क गर्न सकिन्छ।