काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छैन। यससँगै हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्य नै उक्त पदमा यथावत रहने भएका छन्।
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति दिनुपर्ने मागसहित परेको रिटमा अदालतले कुनै अन्तरिम आदेश नदिएपछि शाक्यको नेतृत्व यथावत रहनेछ। यसअघि, कुलमान घिसिङको पुनर्बहालीको विषयमा व्यापक चर्चा चलेको थियो भने उनलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याउन विभिन्न मागहरू उठेका थिए।
अब यस मुद्दामा अन्तिम निर्णय नआएसम्म हितेन्द्र शाक्य नै नेपाल विद्युत प्राधिकरणको प्रमुखका रूपमा रहने छन्।