सियोल, अप्रिल ३ २०२५ – सियोल महानगरीय सरकारले राजधानीका विदेशी बासिन्दाहरूलाई आगामी अप्रिल ४, २०२५ मा राष्ट्रपति युन सुक योल को महाभियोग मुद्दामा संवैधानिक अदालतको निर्णय घोषणा गरिने जानकारी दिएको छ। बिहान ११:०० बजे निर्णय सार्वजनिक गरिनेछ।
यस निर्णयको कारण सियोलका जोंग्नो-गु र जंग-गु जिल्ला ‘विशेष अपराध रोकथाम क्षेत्र’ को रूपमा घोषित गरिएका छन्। संवैधानिक अदालतको वरिपरि यातायात निषेधित रहनेछ भने नजिकका दरबार, संग्रहालय, तथा विद्यालयहरू पनि अस्थायी रूपमा बन्द गरिनेछन्।
साथै, मेट्रो लाइन ३ को अङ्गुक स्टेशन मा सेवा स्थगित गरिनेछ, र अन्य मेट्रो स्टेशनहरूमा पनि प्रभाव पर्न सक्ने सम्भावना छ। शुक्रबारदेखि आइतबारसम्म राजधानीभरि भिडभाड तथा ट्राफिक जाम हुने अनुमान गरिएको छ।
सियोल महानगरीय सरकारले राजधानीका सबै बासिन्दाहरूलाई र्याली तथा प्रदर्शन भइरहेका क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ। यदि कुनै समस्या वा असुविधा भएमा, सियोल विदेशी निवासी केन्द्र लाई hotline@sfrc.seoul.kr मा सम्पर्क गर्न वा 02-2229-4901 मा फोन गर्न अनुरोध गरिएको छ।
सियोल महानगरीय सरकारले नागरिक सुरक्षामा विशेष ध्यान दिँदै स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूसँग सहकार्य गरिरहेको जनाएको छ।