दक्षिण कोरियामा रहेका तनहुँबासीहरूको सामूहिक मेलमिलाप, सद्भावना, र सहभागिता बढाउने उद्देश्यले तनहुँ समाज दक्षिण कोरियाद्वारा आन्तरिक बनभोज कार्यक्रम-२०२५ को आयोजना गरिने भएको छ।
साथै, १५औं अधिवेशन समारोह तथा मौलिक कौडा नृत्य प्रस्तुति समेत कार्यक्रमको मुख्य आकर्षण रहनेछ। कोरियाली भूमिमा विभिन्न पेशामा संलग्न तनहुँबासीहरूलाई एकसाथ जुटाउने अवसरका रूपमा लिइएको यो कार्यक्रम मे ३ र ४, २०२५ मा आयोजना गरिनेछ।
कार्यक्रम बेलुका ५ बजेबाट सुरू हुनेछ र स्थान सउलको 강북구 우이동 산75번지 먹거리마을 तोकिएको छ।
तनहुँ समाज दक्षिण कोरियाका अध्यक्ष सुनील मल्ल ठकुरी, महासचिव खेम थापा, र संरक्षक दिपक थापा सहित सम्पूर्ण कार्यसमितिले कोरियामा रहेका सम्पूर्ण तनहुँबासीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्।