सोल, दक्षिण कोरिया – अप्रिल ६ तारिखका दिन हुने “NRNA कप भलिबल प्रतियोगिता २०२५” को तयारी तिव्र रुपमा अगाडि बढिरहेको छ। प्रतियोगिता आजु विश्वविद्यालय (Ajou University) सुवनको खेलमैदानमा आयोजना गरिँदैछ।
प्रतियोगितामा कुल २० वटा टिम सहभागी छन्, जसलाई दुई समूह ‘पोल ए’ र ‘पोल बी’ मा विभाजन गरिएको छ । खेल बिहान ८:०० बजेबाट सुरु हुने, र पहिलो चरणमा प्रतिष्पर्धी टिमहरूबीच नकआउट आधारमा खेल खेलाइने एनआरएनएका युवा संयोजक एव् खेल संयोजक युविन श्रेष्ठले जानकारी दिनुभयो ।
यस प्रतिष्ठित प्रतियोगिताको विजेता टिमले ४०,००,००० कोरियन वन (KRW) नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २०,००,००० कोरियन वन (KRW) नगद पुरस्कार प्रदान गरिनेछ। विभिन्न नेपाली समुदायका टिमहरूबीच प्रतिस्पर्धा हुने हुँदा खेलको उत्साह उच्च रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताको संयोजनमा एनआरएनए (NRNA) को मुख्य भूमिका रहेको छ भने प्रमुख प्रायोजकको रूपमा मेटघाट रेष्टुरेन्ट, जनबोक बैंक, SentBe Remittance लगायतका संस्थाहरू रहेका छन्। आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई यस प्रतियोगितामा उपस्थित भई खेलाडीहरूलाईइ उत्साह प्रदान गर्न आह्वान गरेको छ।