दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायका लागि विशेष कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ। नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरियाद्वारा आयोजित रमाइलो वनभोज तथा सांस्कृतिक कार्यक्रम 2025′ अप्रिल 19 र 20(शनिबार/आइतबार) का दिन हुने भएको छ।
उक्त कार्यक्रम 경기 용인시 수지구 샘말로 14 나동 1층 (무릉도원 펜션) मा आयोजना गरिनेछ। कोरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई रमाइलो गर्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रममा नेपाली परिकारहरूको स्वाद लिन सकिनेछ नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान गर्नुका साथै रमाइलो सामाजिक खेलकुद तथा साँगीतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ।
सहभागी शुल्क पुरुषको लागि १००,००० वोन, महिलाको लागि ८०,००० वोन तोकिएको छ भने १० वर्ष मुनिका बालबालिकाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।साथै, जोडिको लागि १६०,००० वोन तोकिएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालले कार्यक्रमको जानकारी गराउँदै कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन अनुरोध गरेका छन्। आयोजक समितिले कोरियामा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको छ।






