गण्डकी रिटनिज एसोसिएसन नेपालको अध्यक्ष पदका लागि प्रतिस्पर्धा तिव्र

0
23

दक्षिण कोरिया कमला केसी
गण्डकी प्रदेशबाट दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा अध्यापन गरेर फर्किएका व्यक्तिहरूले गठन गरेको गण्डकी रिटनिज एसोसिएसन नेपाल (GRAN) को प्रथम रिटनिज भेलाको अन्तिम तयारी तीव्र भएको छ। भेलामा सहभागी भई कोरियाबाट फर्किएका व्यक्तिहरूले सिकेका ज्ञान, सीप, र अनुभव साझा गर्दै संघको आगामी योजनाका लागि महत्वपूर्ण सुझाव र सहकार्य प्रदान गर्ने अपेक्षा गरिएको छ।

संघको अध्यक्ष पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। हालसम्म अध्यक्ष पदमा स्याङ्जाबाट ईश्वर केसी, पर्वतबाट नवीन पराजुली, र कास्कीबाट सूर्यप्रसाद अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यसले सदस्यहरूबीच नेतृत्वको विषयमा चासो र चर्चा थपेको छ। संघले कुनै पनि राजनीतिक, जातीय, वा धार्मिक पक्षबाट प्रभावित नभई विशुद्ध सामाजिक संस्था बनाउने अठोटका साथ अघि बढिरहेको छ।

संघका संयोजक ईश्वरबहादुर केसीका अनुसार, “कोरियामा सिकेका इमान्दारिता, लगनशीलता, र श्रमका मूल्यहरूलाई आत्मसात गर्दै हामी गण्डकी प्रदेशका नागरिकको हितमा काम गर्ने उद्देश्यले अघि बढिरहेका बताउनुभयो ।”

संघले आफ्नो मुख्य लक्ष्यको रूपमा कोरिया रिटनिजहरूको सीप, ज्ञान, र पूँजीलाई समायोजन गरी सामाजिक, आर्थिक, र व्यावसायिक क्षेत्रमा योगदान पुर्‍याउन चाहेको छ।

यस ऐतिहासिक भेलामा सम्पूर्ण सदस्यहरूको उपस्थिति र समर्थन अपेक्षित छ। भेलाले गण्डकी रिटनिज एसोसिएसन नेपालको भविष्यको दिशानिर्देशन गर्ने लक्ष्य राखेको छ

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्