सरकारद्वारा कुलमान घिसिङ बर्खास्त

0
11

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारबाट बर्खास्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

घिसिङलाई २०७८ साउन २५ गते मन्त्रिपरिषद् बैठकले दोस्रो कार्यकालका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। तर, उनको कार्यकाल साउन २४ गते समाप्त हुनुअघि नै सरकारले उनलाई हटाएको हो।

 

घिसिङ डेडिकेटेड र ट्रंक लाइन व्यवस्थापनको विषयमा विवादमा परेका थिए। उद्योगीहरूले लामो समयदेखि विद्युत् लाइन काटिएको विषयमा असन्तुष्टि जनाउँदै आएका थिए।

यसअघि, नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल नबुझाएको भन्दै उद्योगहरूको डेडिकेटेड र ट्रंक लाइन काट्ने निर्णय गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि उद्योगहरूको लाइन पुनः जडान गर्ने निर्णय गरियो। यसले घिसिङ र सरकारबीच मतभेद चुलिएको थियो।

सरकारको पछिल्लो निर्णयबारे घिसिङले प्रतिक्रिया दिएका छैनन्। अब नयाँ कार्यकारी निर्देशक को बन्नेछन् भन्ने विषय खुल्न बाँकी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्