दक्षिण कोरियाको थेगु सहरमा तमू (गुरुङ) समुदायको गौरवमय संस्था तमू धीं थेगु शाखा को चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले मदन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रम संस्थाका उपाध्यक्ष लिला गुरुङको स्वागत मन्तव्य बाट सुरु भएको थियो। अधिवेशनमा संस्थाका अध्यक्ष मनी गुरुङको अध्यक्षता रहेको थियो भने तमू धीं दक्षिण कोरिया केन्द्रकी अध्यक्ष रुपा गुरुङ प्रमुख अतिथि थिइन्। त्यस्तै, केन्द्रीय वरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङ, सल्लाहकार विजय गुरुङ, थेगु शाखाका पूर्वाध्यक्ष हर्क गुरुङ, संस्थाका सल्लाहकार बाबुराम गुरुङ र गुमान गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गीतासिंह गुरुङ, तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष दुर्गा गुरुङ, सदस्य रेशम गुरुङ, सांस्कृतिक विभाग संयोजक मनोज गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो।
अधिवेशनले निम्न पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ
अध्यक्ष: मदन गुरुङ उपाध्यक्ष: कृष्ण गुरुङ, देव गुरुङ सचिव: निमेश गुरुङ सहसचिव: मिलन गुरुङ कोषाध्यक्ष: भूपाल गुरुङ सहकोषाध्यक्ष: तिर्सना गुरुङ सदस्यहरू: कृष्णा गुरुङ, बुद्धि गुरुङ, विजया गुरुङ, ईश्वर गुरुङ, लाल ध्वज गुरुङ, किरण घले
संस्थाका कोषाध्यक्ष निमेश गुरुङले अधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सचिव कृष्ण गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।
तमू धीं थेगु शाखाले चौथो अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने संपूर्ण अतिथिहरू, सदस्यहरू, शुभचिन्तकहरू तथा क्षेत्रीय, जातीय, शैक्षिक, सामाजिक एवं राजनीतिक संस्थाहरूलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ।