बागलुङ समाज दक्षिण कोरिया द्वारा आर्थिक अभियान संचालन गरि मिर्गौला पिडित नगेन्द्र थापालाई आर्थिक सहयोग हस्तान्तरण

0
20

कमला केसी/दक्षिण कोरिया
विभिन्न समयमा दक्षिण कोरियामा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्थाहरू ,प्रवासी नेपालीहरूलाई सहयोग ,सहकार्य गर्दै आएको बाग्लुङ समाज दक्षिण कोरियाले जन्मभूमिमा पनि आर्थिक अभियान मार्फत संकलित रकम सहयोग गरेको छ।
बागलुङ जिल्ला, जैमिनी-१०, राङ्खानी निवासी युवा उद्यमी एवं कलाकर्मी नगेन्द्र थापा, जो मिर्गौला रोगबाट पीडित छन्, उनको उपचारका लागि बागलुङ समाज, दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान गरेको छ।

थापालाई थप उपचारको लागि आवश्यक रकम व्यवस्था गर्न कोरियामा रहेका सहयोगी मनहरूबाट सहयोग रकम संकलन गरियो। उक्त अभियान अन्तर्गत १३४ जना सहयोगी दाताहरूबाट ५,४५४,४५५ कोरियन वोन (नेपाली रूपैयाँ ५,१७,५७७) संकलन भएको थियो ।संकलित रकम पीडित थापाको खातामा जम्मा गरिसकिएको छ।

बागलुङ समाज, दक्षिण कोरियाले सहयोगी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहयोगी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

नगेन्द्र थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, बागलुङ समाज, दक्षिण कोरियाले सबैलाई एकताको सन्देश दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्