दक्षिण कोरियामा रमाइलो बनभोज कार्यक्रम – २०२५ आयोजना हुने

0
168

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गरी ख्यङजी ख्वाङ्जु नेपाली एकता समाज, दक्षिण कोरिया द्वारा नयाँ वर्ष २०८२ को अवसरमा रमाइलो बनभोज कार्यक्रम – २०२५ आयोजना गरिने भएको छ।

उक्त कार्यक्रम १९ र २० अप्रिल, २०२५ (शनिबार/आइतबार) मा 경기 용인시 처인구 양지면 죽양대로 2071번길 28 मा आयोजना हुनेछ। कार्यक्रममा सहभागीहरूले नेपाली परिकारको स्वाद लिनुका साथै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत अवलोकन गर्न सक्नेछन्।

कार्यक्रम विवरण

📅 मिति: १९ र २० अप्रिल, २०२५ (शनिबार/आइतबार)
📍 स्थान: 경기 용인시 처인구 양지면 죽양대로 2071번길 28
🚌 यातायात सुविधा: 경기광주 स्टेशनबाट बस सेवा उपलब्ध

दर्ता शुल्क

पुरुष: ९०,००० वन
महिला: ८०,००० वन

जोड़ी: १६०,००० वन

विद्यार्थी: ८०,००० वन
यस अवसरमा सहभागीहरूले नेपालद्वारा स्थापित बुद्ध मूर्ति रहेको (와우 정사) वाउ जङ्सा गुम्बा समेत अवलोकन गर्न सक्नेछन्। साथै, उपस्थित व्यक्तिहरूका लागि स्वादिष्ट नेपाली खानाका परिकार र रमाइलो मनोरञ्जन कार्यक्रमको विशेष व्यवस्था गरिएको छ।

बैंक खाता जानकारी

🏦 बैंक: Woori Bank (우리 은행)
📌 खाता नम्बर: 1002849680198
📌 नाम: KANDEL NARAYAN

दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहभागी भई रमाइलो गर्न हार्दिक निमन्त्रणा गर्दछौँ।

यस कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सबैसँग सहयोगको अपेक्षा गरिएको छ, ख्यङजी ख्वाङ्जु नेपाली एकता समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्