“पहिलो सेवरो फुटसल प्रतियोगिता मार्च २३ मा हुने”

0
17

 

बुसान, दक्षिण कोरिया – किराँत याक्थुङ चुम्लुङ बुसान शाखा सेवरो एफ.सी. को आयोजनामा पहिलो सेवरो फुटसल प्रतियोगिता यही २३ मार्च २०२५ मा हुने भएको छ।

यो प्रतियोगिता पुरुष खेलाडीहरूका लागि विशेष सहयोगार्थ आयोजित गरिएको हो। प्रतियोगितामा सहभागी हुन प्रति टिम प्रविष्टि शुल्क ३,००,००० वोन निर्धारण गरिएको छ।

पुरस्कारहरू
• विजेता टोलीलाई ३०,००,००० वोन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
• उपविजेता टोलीलाई २०,००,००० वोन नगद, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।
• उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि विशेष पुरस्कार:
• सर्वश्रेष्ठ खेलाडी: १,००,००० वोन + प्रमाणपत्र
• सर्वश्रेष्ठ गोलकिपर: १,००,००० वोन + प्रमाणपत्र
• उच्च स्कोरर: १,००,००० वोन + प्रमाणपत्र

स्थान:

경상남도 김해시 김해대로 1798 (조은 풋살장)
(ग्याङ्साङनाम्दो किम्हेसी किम्हेदेरो १७९८, जोउन फुटसल मैदान)

सम्पर्क जानकारी:
• सुरेश सम्बाहाम्फे: 0106411387
• प्रकाश इङनाम: 01065185497
• श्री नेम्बाङ: 01064209669

आयोजकहरू:
• सेवारो फुटबल क्लब
• नेपाल फुटबल फेडेरेसन कोरिया
• लिम्बु मौलिक परिसद

यस प्रतियोगिताले कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता, मनोरञ्जन, र अनुशासनको विकास गर्ने लक्ष्य लिएको छ। इच्छुक खेलाडी र टिमहरूले तोकिएको बैंक खातामा रकम जम्मा गरी दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्