बागलुङ समाज दक्षिण कोरियाद्वारा बृहत् भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम आगामी मे ३ र ४ मा आयोजना हुने

0
36

सिओल, दक्षिण कोरिया – बागलुङ समाज दक्षिण कोरियाद्वारा आगामी मे ३ र ४ मा बृहत् भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२५ आयोजना गरिने भएको छ। कोरियावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिताका लागि आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम दक्षिण कोरियाको जन्सन नोङ्ओन फेन्सन(전선 농원 팬션) रिसोर्ट मा आयोजना हुने बागलुङ समाज दक्षिण कोरियाका अध्यक्ष राजु नेपाली ले बताउनु भएको छ । यस कार्यक्रमलाई थेगु शाखा सह-आयोजकको रूपमा संयोजन गर्दैछ।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद गतिविधिहरू, सांगीतिक प्रस्तुति तथा सामूहिक खानपानको व्यवस्था गरिनेछ। साथै, कोरियामा रहेका नेपाली समुदायबीचको आपसी सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले आपसी भेटघाट र संवादको अवसर समेत प्रदान गरिनेछ।

आयोजक समितिले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमलाई भव्य बनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्