स्याङ्जा समाज दक्षिण कोरियाद्वारा मे ३ र ४ मा वार्षिक रमाइलो बनभोज कार्यक्रमको आयोजना

0
33

सौल दक्षिण कोरिया
दक्षिण कोरियाको अग्रणी संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले बर्षेनी रुपमा आयोजना गर्दै आईरहेको रमाईलो बनभोज कार्यक्रम यस बर्ष पनि मे महिनाको ३ र ४ गते गर्ने गरि तयारी गरेको छ।

स्याङ्जा परिवार कोरियाले कोरियामा रहेर विभिन्न सामाजिक क्रियाकलाप तथा सहयोग सद्भाव तथा आपसी भाईचारा साटासाट तथा गर्ने गरि विभिन्न समयमा संस्कृतिक तथा रमीला कार्यक्रमहरु गर्दै आईरहेको छ। यस वर्षा पनि कोरियाको अत्यन्त्यै शुन्दर तथा रमणीय पर्यटकीय स्थलको अबलोकन गर्नुको साथै नेपाली विभिन्न परिकारहरु साथमा रमाईलो बनभोजको तयारी गरेको स्याङ्जा परिवारका अध्यक्ष  सुशील गुरुङले जानकारी गराउनु भयो।

स्याङ्जा लगायन नेपालको अन्य ठाउँ बाट कोरियामा आएर विभिन्न पेशा, ब्याबसाय,बिद्यार्थी लगायत सम्पूर्ण नेपाली हरुको परिचय तथा परदेशमा आपसी भाईचारा कायम गर्दै नेपाली संस्कृतिको रुपमा रही आएको बनभोज कार्यक्रमलाइ पुनर्ताजगी गर्दै बर्षभरीको थकान लाइ बिर्साउने गरि रमाइलोका साथ् बनभोज गर्ने गरि तयारी गरेको संस्थाका सचिब तोजी गुरुङले जानकारी गराउनु भयो।

स्याङ्जा परिवार किम्हे बुसान शाखा र थेगु शाखा सह- आयोजकको रुपमा रहेको हुनाले कोरिया भरि रहेका अधिक भन्दा अधिक नेपालीको सहभागीता हुने आयोजकले जनाएको छ।
स्थान : 별빛펜션 (태안군 원북면 신두해변길 201-26 번지 태안 )

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्