सोल, दक्षिण कोरिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले आगामी अप्रिल ६, २०२५ मा ‘एकता महाधिवेशन २०२५’ आयोजना गर्ने तयारी गरेको छ। ‘एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व’ भन्ने मूल नाराका साथ महाधिवेशन सोलको जोंग्नो–गु कन्वेन्सन हलमा बिहान १० बजे सुरु हुनेछ ।
यस महाधिवेशनको उद्देश्य कोरियामा रहेका नेपाली समुदायबीच एकता सुदृढ गर्दै उनीहरूको समस्या, अधिकार तथा भावी योजनाबारे छलफल गरिने बताईएको छ । गैरआवासीय नेपालीहरूको योगदान, सामाजिक उत्तरदायित्व, रोजगारी, वित्तीय साक्षरता र नेपाली समुदायका समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल गरिनेछ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष श्री बिपिन कुमार गुरुङ र महासचिव प्रशान्त राज बानियाले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न अनुरोध गरेका छन्।
स्थान:
📍 जोंग्नो–गु कन्वेन्सन हल (서울 종로구 지봉로5길 7-5)
📍 Dongdaemun मेट्रो स्टेशनको गेट नं. ३ बाट ३०० मिटर अगाडि
यस महाधिवेशनमा कोरियामा रहेका नेपाली समुदायका हक, अधिकार र भविष्यबारे विस्तृत छलफल गरिनेछ। एनआरएनए दक्षिण कोरियाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई एकताको सन्देश प्रवाह गर्न आह्वान गरेको छ।
अध्यक्ष श्री बिपिन गुरुङले महाधिवेशनको महत्त्व र यसको उद्देश्यका बारेमा प्रकाश पार्दै, यो कार्यक्रम नेपाली समुदायका लागि एक महत्वपूर्ण अवसर हुने बताए।