होली महोत्सवमा भएको घटनाप्रति सनातन साहित्य सङ्गीत साधना समूहको स्पष्टिकरण

0
25

सिओल, दक्षिण कोरिया – सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) ले हेङ्दाङ होली महोत्सव २०२५ मा भएको घटनाप्रति आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार, समूह दक्षिण कोरियाभरि रहेका धार्मिक, सांस्कृतिक, र आध्यात्मिक गतिविधिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको संस्था हो। संस्था दक्षिण कोरियामा विगत लामो समयदेखि निरन्तर रूपमा विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गरिरहेको छ।

समूहका अनुसार, हालै सम्पन्न हेङ्दाङ होली महोत्सव २०२५ मा उत्पन्न विवादमा आयोजक संस्था पाँच–स दक्षिण कोरियाले कुनै पनि रूपमा संलग्नता नराखेको स्पष्ट गरिएको छ। साथै, कार्यक्रममा उपस्थित कतिपय व्यक्तिहरूको व्यक्तिगत गतिविधिहरूलाई नियाल्दै संस्थाको आधिकारिक सहभागिता नरहेको पुनः स्पष्ट पारिएको छ।

संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सांस्कृतिक, धार्मिक, र सामाजिक एकता मजबुत पार्न आग्रह गर्दै यस्ता घटनाबाट उत्पन्न हुन सक्ने गलत व्याख्यालाई न्यून गर्न सबैलाई संयम अपनाउन अनुरोध गरेको छ। साथै, संस्थाले गलत गतिविधिहरूलाई सामाजिक सञ्जालमार्फत् प्रवर्द्धन नगर्न, भ्रामक समाचारहरू पोस्ट वा सेयर नगर्न अनुरोध गरेको छ।

प्रेस विज्ञप्तिमा संस्थाका महा-सचिव मनोज भुसाल, कार्यक्रम संयोजक महेन्द्र सापकोटा, तथा अध्यक्ष श्याम अर्याल को हस्ताक्षर रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्