दक्षिण कोरिया – नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजनामा तथा NCC बुसानको सह-आयोजनामा श्रमिक अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना हुने भएको छ।
आगामी मार्च १६ तारिख, आइतबार हुने सो कार्यक्रम मार्फत कन्सुलर सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया समेत गरिनेछ।
कार्यक्रममा सहभागीहरुलाई राहदानी नवीकरण सेवा समेत प्रदान गरिनेछ। यस अवसरमा Hanpass रेमिट्यान्स पार्टनरका रूपमा रहनेछ भने विशाल आवाज र नयाँ अपडेट मिडिया पार्टनरको रूपमा संलग्न छन् ।
कार्यक्रम 경남 김해시 가락로 95, 3층 (Gyeongnam Gimhae-si, Garak-ro 95, 3rd floor) मा आयोजना गरिनेछ । आयोजकहरूले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।