दक्षिण कोरिया- दक्षिण कोरियाबाट स्वदेश फर्किन तयारी गरिरहेका श्रमिकहरूका लागि व्यावसायिक तालिमको सुवर्ण अवसर अवसर प्रदान गरिने भएको छ ।
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरू, जो स्वदेश फर्किएपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना बनाइरहेका छन्, उनीहरूका लागि “नेपाल फर्केका नवप्रवर्तकहरू कार्यक्रम (RIN) दोस्रो चरण” अन्तर्गत व्यावसायिक तालिम लिने अवसर प्रदान गरिएको हो ।
यो तालिम विशेष रूपमा व्यवसाय सञ्चालन सम्बन्धी आवश्यक ज्ञान, योजना निर्माण, बजार रणनीति, वित्तीय व्यवस्थापन, कानूनी पक्षजस्ता विषयमा केन्द्रित हुनेछ। यस तालिममा कोरियाबाट नेपाल फर्कन तयारी गरिरहेका श्रमिकहरू सहभागी हुन योग्य हुनेछन्।
तालिममा सहभागी भएकाहरूले नेपालमा व्यवसाय सञ्चालनका लागि विशेष परामर्श, मार्गदर्शन, तथा आवश्यक स्रोत साधनहरू प्राप्त गर्ने अवसर पाउनेछन्।
साथै, उत्कृष्ट व्यवसायिक योजनाहरूलाई थप सहयोगसमेत प्रदान गरिनेछ। कार्यक्रमको प्राथमिक जानकारी सत्र २५ मार्च २०२५ मा अनसिन सहरस्थित ओननुरी सेन्टरमा आयोजना गरिनेछ। इच्छुक श्रमिकहरूले अनलाइन आवेदन दिन सक्नेछन्।
यो कार्यक्रम K-HAMI, THE BRIDGE, MYSC, MG Community Credit Cooperative र KOICA को सहकार्यमा सम्पन्न गरिँदैछ।
अधिक जानकारीका लागि: k-hami@thebridgeint.com