कमला केसी/दक्षिण कोरिया
स्याङ्जा परिवार दक्षिण कोरियाले २०२५ मे ३ र ४ मा दुई दिने बनभोज कार्यक्रम सहित मैत्रीपुर्ण भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
संस्थाको हालै सम्पन्न दोस्रो नियमित भौतिक बैठकले यस्तो निर्णय गरेको हो । कोरियाको राजधानी सउलस्थित दोङ्देमुन सम्झना रेस्टुरेन्टमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष सुशील गुरुङको अध्यक्षता तथा प्रमुख संरक्षक कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो ।
बैठकमा १३ औं कार्यसमितिले मनोनयन पत्र प्रदान गर्नुका साथै निवर्तमान कार्यसमितिका पदाधिकारीहरू, विभिन्न विभागीय प्रमुखहरू तथा संस्थालाई योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। साथै, २०२५ को वार्षिक कार्ययोजना तर्जुमा गर्दै संस्थाका सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
स्याङ्गजालीहरूलाई गोलबद्ध गर्न र संस्थाको गरिमा थप उचाइमा पुर्याउने उद्देश्यले २०२५ मे ३ र ४ तारिक (शनिबार र आइतबार) दुई दिने रमाइलो बनभोज आयोजना गर्ने निर्णय गरिएको छ । साथै, संस्थाको तर्फबाट मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी, बैठकले यहि डिसेम्बर २९ तारिखका दिन ख्यांगीदो ह्वासङ ओसानमा आयोजना गरिने ब्याडमिन्टन प्रतियोगिता सफल बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । कोरियाभरिका खेलकुदप्रेमी तथा खेलाडीहरूको बाक्लो उपस्थिति सुनिश्चित गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।