नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

0
25

श्रवण श्रेष्ठ/न्यूज केन्द्रविन्दु
दक्षिण कोरिया– दक्षिण कोरियामा संचालन हुने भलिबल प्रतियोगिताको रेफ्री गाईडलाईन्स तथा निर्देशन सम्वन्धि जुम भर्चअल कक्षा संचालन गरिने भएको छ ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित नेपाली भलिबल खेलको विकास र विस्तारका लागि दक्षिण कोरियामा स्थापित नेपाल भलिबल संघ, दक्षिण कोरिया शाखाले आफ्नो मातहतमा आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाली भलिबल रेफ्रीहरूलाई लक्षित गर्दै “अफिसियल भलिबल नियम २०२५–२०२८” अनुसार भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन सम्बन्धी जुम भर्चुअल कक्षा सञ्चालन गर्न लागेको हो ,
तालिमको प्रशिक्षण नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा ले प्रदान गर्नुहुने भएको छ । उहाँ नेपालका पहिलो एभिसी इन्टरनेशनल रेफ्री हुनुहुन्छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्