सोल, दक्षिण कोरिया – नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यही ९ मार्च २०२५ मा “साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम मध्यान्ह ११:०० बजे सोलस्थित 서울특별시 종로구 창신길 51 (창신동) 5 층 मा हुनेछ। यो स्थान दोङदेमुन गेट नम्बर १ बाट १५० मिटर टाढा रहेको छ। कार्यक्रममा नेपाली श्रमिकहरूको वर्तमान अवस्था, पत्रकार महासंघको भूमिका, र प्रवासी नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयमा गहन छलफल गरिने आयोजकले जनाएको छ।
नेपाली समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।