गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको अधिवेशन सम्पन्न, कार्यकारी पदमा उम्मेदवारी परेन

0
28

कमला केसी/ दक्षिण काेरिया
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था गण्डकी प्रदेश समाज, दक्षिण कोरिया को अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। यस अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन भए पनि महासचिव र कोषाध्यक्षसहित केही कार्यकारी पदहरूमा उम्मेदवारी नपरेको कारण ती पदहरू रिक्त रहेका छन्।

निर्वाचित कार्यसमितिमा स्याङ्जाका नर कुमार गुरुङ अध्यक्ष पदमा विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा निर्मला सुर्खालि (तनहुँ), महिला उपाध्यक्षमा श्रीजना तिवारी (पर्वत), उपाध्यक्षहरूमा अमृत पाठक (बागलुङ) र खेम पंगेनि (नवलपुर) चयन भएका छन्। सचिव पदमा पुष्पराज भण्डारी चयन भएका छन्।

सदस्यहरूमा गोबिन्द पोख्रेल (स्याङ्जा), रेशम पौडेल (बागलुङ), बिष्णु सापकोटा (पर्वत), कृष्ण कुमार श्रेष्ठ (गोरखा), श्रीराम अधिकारी (नवलपुर), र कपिल अधिकारी (कास्की) रहेका छन्।

तर, महासचिव र कोषाध्यक्ष पदसहित महत्वपूर्ण कार्यकारी पदहरूमा उम्मेदवारी नै नपरेको कारण ती पदहरू हाल खाली छन्। यसले समाजको प्रशासनिक व्यवस्थापनमा केही चुनौती खडा गर्न सक्ने देखिन्छ। गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले छिट्टै रिक्त पदहरू पूर्ति गर्ने योजना बनाइरहेको जनाएको छ।

संस्थाले प्रवासी नेपालीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै, नयाँ कार्यसमितिले गण्डकी प्रदेशका नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिहरू अघि बढाउने लक्ष्य राखेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्