दक्षिण कोरियामा ज्यान गुमाएका शसी खतिवडाको नेपालमै लगेर दाहसंस्कार, सहयोगदातालाई धन्यवाद ब्यक्त

0
28
 
दक्षिण कोरिया – कोरियाको छुनछनबुक्दो प्रान्त, जेछन शहरस्थित मेन्जी हस्पिटलमा उपचारको क्रममा ज्यान गुमाएका सुनसरी, इटहरी निवासी शसी खतिवडाको अन्तिम संस्कार गरिएको छ । 
 
अस्पतालमा उनको उपचारका लागि लागेको सवै खर्च समेत आर्थिक सहयोगद्वारा पूरा गरिएको छ । मेन्जी हस्पिटलमा उपचारका क्रममा ९६ लाख ८१ हजार ५०० वन खर्च भएकोमा हस्पिटलले ३०% छुट अर्थात ३० लाख वन छुट दिएको थियो । उनको उपचारका लागि ६६ लाख ८१ हजार ५०० वन तिर्नु परेको थियो । त्यस्तै, शवबाहन खर्च ५ लाख २२ हजार वन रहेकोमा २२ हजार वन छुट भई ५ लाख भुत्तलानी भएको छ । 
सामाजिक अभियन्ता ब्रो. तमू को नेतृत्वमा सञ्चालन गरिएको आर्थिक संकलन अभियानमा २०५ जना सहयोगीहरूबाट ८० लाख १२ हजार १११ वन संकलन भएको थियो । साथै, मृतक शसी खतिवडासँग रहेको ३ लाख ९० हजार वन समेत जोडेर कुल ८४ लाख २ हजार १११ वन जम्मा भएको थियो । हस्पिटल र शवबाहन खर्च कटौती पश्चात ११ लाख २० हजार ६११ वन बचत रहेकोमा मृतककी धर्मपत्नी शोभा खतिवडा को नाममा नेपाल रेमिट गरि पठाइएको छ।
जेछन शहरका छिमेकी दिनेश भुजेल का अनुसार, शसी खतिवडालाई अचानक स्वास्थ्य समस्या देखिएपछि मेन्जी हस्पिटल लगिएको थियो । परीक्षणका क्रममा उनलाई क्षयरोग (टीबी), मधुमेह  लगायतका गम्भीर रोगहरूले आँख, घाँटी, फोक्सो आदिमा गम्भीर संक्रमण गरिसकेको पत्ता लाग्यो। भेन्टिलेटरमा राखेर उपचार गरिएतापनि, दुर्भाग्यवश, उहाँलाई बचाउन नसकिएको भुजेलले बताउनुभयो । 
शव नेपाल पठाइयो, अन्तिम संस्कार सम्पन्न
मृत्युपछि नेपाली राजदूतावास, सउल को समन्वयमा तथा एनआरएनए कोरिया का अध्यक्ष बुद्धि गुरुङको पहलमा हस्पिटलसँग समन्वय गरी उपचार खर्च पछि भुक्तान गर्ने सहमति भएपश्चात मृतकको शव फेब्रुअरी ५ मा नेपाल पठाइएको हो । नेपाल पुगिसकेपछि फेब्रुअरी ७ मा इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ । 
यस मानवीय अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूलाई अभियानकर्ताहरूको तर्फबाट राज थापा श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको छ ।
सहयोगी महानुभावहरू
यस अभियानमा नेपाली राजदूतावास, एनआरएनए कोरिया, एमटीयू अध्यक्ष उदय राई, सुदूर पश्चिम समाजका संरक्षक लाल साउद, नेपाली जनप्रगतिशील मञ्च कोरियाका सुबिन्द्र मगर तथा अन्य समाजसेवीहरू जस्तै दिनेश भुजेल, प्रेम लामा, पशुपति गुरुङ, सुरेश कन्दहवा लिम्बु, कुल श्रेष्ठ, गणेश थापा, विश्व अधिकारी, किशोर लिम्बु, अमृत मगर, धनसिंह धामी, दिनेश अधिकारी (किम्हे बुसान), इटहरीबासी प्रदीप राई लगायतले महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।
 
उनलाई सहयोगार्थ विभिन्न क्षेत्रवाट उठेको रकमको विवरण यस प्रकार रहेको छ । 
– एफटुआर जेछन नेपाली परिवार – १२,८५,००० वान
– प्रदिप राईको पहलमा – ७,६०,००० वान
–सुरेश कन्दहवा लिम्बुको पहलमा – १२,६२,००० वान
–लाल साउद र अन्य मार्फत – ४७,०५,१११ वान
 
✦ जम्मा संकलन रकम – ८०,१२,१११ वान
✦ मृतकको साथमा रहेको रकम – ३,९०,००० वान
✦ कुल रकम – ८४,०२,१११ वान
 
▪ यसैगरी खर्च तर्फः
ड्डहस्पिटल बिल – ६६,८१,५०० वान
ड्डशवबाहन खर्च – ५,००,००० वान
ड्डविविध खर्च – १,००,००० वान
 
✦ कुल खर्च रकम – ७२,८१,५०० वान
✦ बचत रकम – ११,२०,६११ वान (धर्मपत्नी शोभा खतिवडालाई रेमिट)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्