दक्षिण कोरियामा तेस्रो पर्वत कप भलिबल प्रतियोगिता हुँदै

0
34

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा तेस्रो पर्वत कप भलिवल प्रतियोगिता २०२५ हुने भएको छ ।
पर्वत समाज दक्षिण कोरियाले पर्वतका विकट र अति विपन्न समुदायमा रहेका विद्यालयमा अक्षयकोष स्थापना गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
दक्षिण कोरिया स्थित सुवनमा रहेको आजु युनिभर्सिटीमा आगामी अप्रिल २७ तारिकमा खेल आयोजना गरिएको पर्वत समाजका खेल संयोजक श्रवण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार २० लाख वन ट्रफि मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १२ लाख वन ट्रफि मेडल र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार ४/४ लाख मेडल र प्रमाणपत्र रहेको छ ।
विधागत रुपमा उत्कृष्ट खेलाडाीलाई १ लाख वन र वेष्ट स्पाईकर, वेष्ट लिफ्‌टर र वेष्ट लिवरोलाई ५० हजार वन प्रदान गरिनेभ एको छ । टिक दर्ता शुल्क तीन लाख ५० हजार रुपैया तोकिएको पर्वत समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । टिम दर्ताका लागिग अप्रिल २० सम्म अन्तिम मिति तोकिएको छ ।
खेल संयोजकमा श्रवण श्रेष्ठ, सहसंयोजकमा विष्णु सापकोटा, आर्थिक संयोजकमा सरोज गुरुङ, र प्रचारप्रसार संयोजकमा डा. कमला केसी रहनुभएको छ ।
थप जानकारीका लागि ब्यानरमा समेत हेर्न सकिन्छ । प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आर्थिक तथा भौतिक सहयोग गरिदिनुहुन समाजले सम्पुर्ण कोरियावासीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्