मृगौला पिडित थापाको उपचारका लागि सहयोगको याचना

0
224

कमला केसी/दक्षिण कोरिया
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ७, मुलीबास निवासी लक्ष्मी थापाका श्रीमान् ३३ वर्षिय मृगौलापिठित रोमलाल थापाको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले दुबै मृगौला फेल भइसकेको बताएका छन्।
हाल उनलाई डायलासिस गरिँदैछ, र भविष्यमा मृगौला प्रत्यारोपण गर्नका लागि ठुलो धनराशी आवश्यकता पर्ने भएकाले परिवार र आफन्तजनले सहयोगका लागि अपिल गरेका हुन् ।
थापाको उपचारका लागि परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सामान्य उपचार गर्नसमेत कठिन भएको छ । रोजगारी गर्दै आएको व्यक्ति बिरामी परेपछि श्रीमती, दुई साना सन्तान, र वृद्ध आमा बेसहारा जस्तै भएका छन् ।
थापाको कठिन परिस्थितिमा संसारभरि रहनुभएका नेपालीहरू, संघसंस्था, तथा सहयोगी मनहरूलाई जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न विनम्र अनुरोध गरिएको छ ।
उनलाई सहयोग संकलन गर्नका लागिग पटकाङ परोपकारी समाजले अभियान संचालन गरेको छ । यस अभियानबाट उठेको सम्पूर्ण रकम पटकाङ परोपकारी समाज को खातामा संकलन गरी पारदर्शी रूपमा पीडित परिवारलाई हस्तान्तरण गरिने भएको छ । सहयोग गर्ने सम्पूर्ण दाताहरूको नाम समेत सार्वजनिक गरिनेछ ।
सहयोग संकलन अभियान शुरु भईसकेको छ । सहयोग गरिसकेपछि बैंक स्लिप वा स्क्रीनशट पठाउन पटकाङ परोपकारी समाजको फेसबुक म्यासेन्जर वा सम्बन्धित व्यक्तिको म्यासेन्जरमा पठाउन अनुरोध समेत गरिएको छ ।
नेपालमा २०८१ फागुन १३ गतेदेखि २०८१ फागुन २८ गतेसम्म सहयोग गर्न सकिने छ भने दक्षिण कोरियामा १ हप्ता अगाडि नै अभियान सुरु भइसकेको छ ।
थप जानकारीका लागि

बैंक विवरण (नेपाल): Bank: Laxmi Sunrise Bank Account Name: Hemlal Gyan P Adhikari Account No.: 2121370068205001

(पटकाङ परोपकारी समाज) सम्पर्क: सुनिल भट्टराई – 9841741384 ज्ञान प्रसाद अधिकारी – 9846110963

बैंक विवरण (कोरिया): Bank: IBK Bank Code: 003 Account Name: Adhikari Dipak Account No.: 22148516202017 📞 सम्पर्क रमेश अधिकारी – 01028917070
महेन्द्र सापकोटा – 01058592606

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्