नवलपुर समाज दक्षिण कोरियाको साधारण सभा फेब्रअरी २३ मा

0
27

श्रवण श्रेष्ठ/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय नवलपुर समाजको छैटौ साधारण सभा आगामी फेब्रअरी २३ तारिक आइतवारका दिन हुने भएको छ ।
दक्षिण कोरियाको सुवन स्थित कामना हलको पाँचौ तलामा हुने कार्यक्रमको तयारी तीब्र पारिएको छ । साधारण सभामा संस्थाको आयव्यय विवरण, संस्थाले विगतमा गरेका कामहरुको समिक्षाका साथै भावि योजनाका बिषयमा समेत छलफल तथा विभिन्न निर्णयहरु गरिने भएको छ ।
समाजका अध्यक्ष हरि कँडेलका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने भएको छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि समाजमा आवद्ध सम्पुर्ण दाजुभाई तथा दिदीबहिनी, संरक्षक, संल्लाहाकार, सदस्य एवम् कोरियावासी सम्पुर्णलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्