धनमुडामा शिव मन्दिरको समुद्घाटन सहित महाशिवरात्रि महोत्सव हुने

0
47

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ स्थित धनमुडामा नवनिर्मित शिव मन्दिरको समुद्घाटन एवं महाशिवरात्रि महोत्सव आयोजना गरिएको छ ।
हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसर पारेर विविध धार्मिक कार्यक्रमसहित मन्दिर उद्घाटन गर्न लागिएको हो ।
फागुन १४ गते महाशिवरात्रिको दिन बिहान ८ बजे धनमुडा शिव मन्दिर परिसरबाट मूर्तिसहितको कलश यात्रा निकालिने छ । उक्त यात्राले साविक सिर्सेकोट गाबिसका वडा नम्बर ८, ९ को परिक्रमा गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा मूर्तिहरूको प्राण प्रतिष्ठा, शिव पूजा, लक्षवर्ती दीप प्रज्वलन, प्रसाद ग्रहण लगायतका धार्मिक गतिविधिहरू गरिने भएको छ ।

सोहि दिन साँझ साँझ ६ बजेबाट राति १२ बजेसम्म भजन मण्डलीद्वारा भजन कीर्तनको विशेष कार्यक्रम समेत रहेको छ । उक्त धार्मिक समारोहमा सहभागी भई पुण्य कमाउनुका साथै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आयोजकले सबै श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्