दक्षिण कारियामा होली महोत्सव २०२५ आयोजना, तयारी शुरु

0
57

कमला केसी/दक्षिण कोरिया
आगामी फागु पुर्णिमाको अवसरमा दक्षिण कोरियामा होली महोत्सव २०२५ आयोजना गरिएको छ । नेपाली समुदायबीच होली पर्वलाई भव्य रूपमा मनाउने उद्धेश्यले सनातन साहित्य सङ्गीत साधना समूह “पाँच स“ दक्षिण कोरियाको आयोजनामा आउँदो मार्च १६, २०२५ (आईतबार) का दिन विविध सांस्कृतिक कार्यक्रमसहित “होली महोत्सव २०२५’’ आयोजना गरिएको हो ।
पाँच स का अध्यक्ष श्याम अर्याल अनुसार प्रवासमा समेत होली पर्वलाई चिनाउने तथा नेपाली संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले यो विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई मनोरञ्जन लिन तथा सांस्कृतिक प्रवद्र्धनमा योगदान गर्न हार्दिक निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम दक्षिण कोरिया स्थित 한강시민공원 (ट्रेन लाइन नं. ४, 이촌역 इछोन स्टेसनको ४ नम्बर गेटबाट सिधा अगाडि 한강 नदी किनारामा संचालन गरिने संस्थाका महासचिव मनोज भुसालले बताउनुभयो । कार्यक्रम मध्यान्ह १२ बजेदेखि शुरु गरिने भएको छ । आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई यस कार्यक्रममा सहभागी भई होलीको रौनक अनुभव गर्न तथा संस्कृतिको जगेर्ना गर्न अनुरोध समेत गरको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्