कमला केसी/दक्षिण कोरिया
मधेशी समाज दक्षिण कोरियाले कोरियाको नयाँ वर्ष, सलनालको अवसरमा सलनाल विशेष कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ ।
यहि जनवरी २८ तारिकको दिन फोछन स्थित स्कोन राधा कृष्ण मन्दिरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा सामूहिक मंगल आरती, तुलसी आरती, दीप प्रज्वलन, गीता पाठ, मेडिटेशन योग, माला जप, भजन–कीर्तन (हरे कृष्ण, हरे राम) र सामूहिक रात्री भोजको व्यवस्था रहेको छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण कोरिया निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक र सांस्कृतिक वातावरणमा रमाउन समाले निमन्त्रणा गरेको छ।
कार्यक्रम दिउँसो २ बजेदेखि फोछनको 경기도 포천시 소흘읍 아랫용상२길 १७–१९ मा रहेको स्कोन राधा कृष्ण मन्दिरमा हुने आयोजकले जनाएको छ । सहभागीहरूलाई उइजोंगबु स्टेशनबाट बस नम्बर १३८, १३७, वा ३३ लिएर 용상골 बस स्टपमा झर्न सकिने व्यवस्था गरिएको छ । साथै, राति बस्ने व्यवस्था पनि गरिएको छ ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि
गुलशन साह (०१०–५७१४–९८४६),
अरुण मेहता (०१०–५९४५–६१०१),
कुन्द कर्ण (०१०–७२१२–०८९४),
वा राम आशिष पण्डित (०१०–७३५४–६१९३) लाई सम्पर्क गर्न सकिन्छ।
मधेशी समाज दक्षिण कोरियाले आयोजना गरेको यस कार्यक्रममा सहभागी भई धार्मिक र सांस्कृतिक माहोललाई अझ प्रभावकारी बनाउन सबैलाई आग्रह गर्दछ।