“खोटाङ हलेसी सांगीतिक सौगात भाग–५” जनवरी २९ मा

0
34

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय खोटाङ सेवा समाजको आयोजनामा “खोटाङ हलेसी सांगीतिक सौगात भाग–५” कार्यक्रम हुने भएको छ ।

दक्षिण कोरिया स्थित कोरिया युनिभर्सिटी को 서울캠퍼스 화장 체육관 मा जनवरी २९ तारिख बुधबार कार्यक्रम हुने भएको हो । कार्यक्रम दिउँसो १ बजे बजेदेखि आरम्भ गरिने भएको छ ।

कार्यक्रममा नेपालका चर्चित गायक सविन राई र उहाँको ब्यान्ड सविन राई एण्ड फार्‌हो को विशेष लाईभ प्रस्तुती रहने भएको छ भने ख्याति प्राप्त गायिका मिना राई र युवा पुस्ता माझ लोकप्रिय गायक केहर सिङ लिम्बु को साथमा स्थानीय कलाकारहरूले समेत रमाईलो माहोल बनाउने भएका छन् ।
खोटाङ समाज दक्षिण कोरियाका महासचिव बलुहाङ राईले सामाजिक सद्भाव र सहयोगको लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । त्यस्तै, खोटाङ समाजकी अध्यक्ष सुुस्मा रानामा राईले कार्यक्रममा सहभागी भई मनोरञ्जन लिनुका साथै सामाजिक कार्यमा सहयोग पुर्‍याउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।
आयोजकका अनुसार कार्यक्रम स्थलमा सहज पहुँचका लागि 안암 स्टेशन Anam Station) को Exit नम्बर १ बाट Korea University तर्फ सजिलै पुग्न सकिन्छ।  साथै, दोङ्देमुन गेट ३ बाट बसको व्यवस्था पनि गरिएको अध्यक्ष राईले बताउनुभयो ।
यो कार्यक्रम खोटाङ सेवा समाज दक्षिण कोरियाले नेपाली सम्पर्क समिति र पूर्वी नेपाल समाज दक्षिण कोरियाको सहकार्यमा आयोजना गरिएको हो । कार्यक्रमलाई सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई आर्थिक, नैतिक, र भौतिक सहयोग गर्दै प्रत्यक्ष उपस्थिति जनाउनका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।
समाजले भनेको छ आउनुहोस्, कोरियन नयाँ वर्ष “सलनाल” लाई नेपाली सांगीतिक उत्सवको माध्यमबाट विशेष बनाऔं

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्