बागलुङ समाज दक्षिण कोरियाले पिक्निक आयोजना गर्दै

0
47

कमला केसी/दक्षिण कोरिया
बागलुङ समाज दक्षिण कोरियाले पिक्निक कार्यक्रम आयोजना गर्ने भएको छ ।
संस्थाका संरक्षक, सल्लाहकार सहितको सम्पूर्ण कार्यसमितिको भर्चुअल बैठक बसी आगामी मे महिनाको ३ र ४ तारिखमा पिक्निक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
समाजका अध्यक्ष राजु नेपालीका अनुसार, कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी सुरु गरिएको छ। साथै, समाजले सोही मितिमा अन्य कुनै संघसंस्थाले कार्यक्रम नजुधाउन विनम्र अनुरोध गरेको छ ।
उक्त पिक्निकले नेपाली समुदायबीच भाइचाराको सम्बन्ध प्रगाढ बनाउँदै समाजिक गतिविधिलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ ।
कार्यक्रमको थप विवरण चाँडै सार्वजनिक गरिने अध्यक्ष नेपालीले जानकारी दिनुभयो

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्