गुल्मी सम्पर्क समितिले नयाँ वर्ष सांस्कृति साँझ तथा रात्रीभोज कार्यक्रम गर्दै

0
54

श्रवण श्रेष्ठ/दक्षिण कोरिया
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको महान पर्व सलनाल तथा नयाँ वर्षको अवसरमा सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम गर्ने भएको छ ।
आगामी जनवरी २८ तारिकमा कार्यक्रम आयोजना गरिएको हो । “प्रवासमा गुल्मेली एकता, एक आपसमा सहयोग आजको आवश्यकता’’ भन्ने मुल नाराका साथ सन् २००७ मा स्थापित समावले यस अघि पनि यस्ता कार्यक्रम गर्दै आएको छ । कार्यक्रम साँझ ६ बजेदेखि शुरु हुने छ । कार्यक्रममा सहभागिहरुलाई १४प्रकारका खाना र पेय पदार्थ निःशुल्क उपलव्ध गराईने भएको छ ।
कला संस्कृतिको जगेर्नाका साथै संस्थाको आपातकालीन राहतकोष अभिबृदि गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेश समाजको नयाँ वर्ष सांस्कृतिक सांँझ तथा रात्रीभोज २०२५ गर्न लागेको आयोजकले जनाएको छ ।
कार्यक्रममा गुल्मी मुसिकोट नौमती पन्जेबाजा समुह जापानको प्रस्तुती र लोकदोहोरी गित प्रतिष्ठान कोरियाका कलाकारहरुको तथा स्थानीय कलाकारहरुको गायन र प्रस्तुती रहने भएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि कार्यक्रममा सहभागि भैदिनका लागि समाजले सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरिएको समाजका अध्यक्ष जीवन न्यौपानेले बताउनुभयो ।
थप जानकारीका लागि समाजका अध्यक्ष जिवन न्यौपाने ०१०३३८१९२०६ र संरक्षक चन्द्र राना ०१०७५६५२०५१ तथा समन्वयकारि भुमिका निर्वाह गर्ने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका  अध्यक्ष हिमाल खनाल ०१०५७६१८७०१ र आर्थिक संयोजक परमेश्वर रिजाल ०१०६५४१३२४४ लाई सम्पर्क गर्न सक्नुहुने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्