श्रवण श्रेष्ठ/दक्षिण कोरिया
दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरुले सन् २०२५ सिजनको लागि दक्षिण कोरियाको विभिन्न शहरमा आयोजना गरिने भलिबल प्रतियोगिताहरुको कार्यक्रम बाँडफाँड आगामी जनवरी २६ तारिकमा गरिने भएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबल खेलको बिकास र दक्षिण कोरियामा रहेका नेपाली भलिबल खेलाडीहरुको खेल स्तर अभिवृद्धि गर्नुका साथै “स्वास्थ्यको लागि खेल,राष्ट्रको लागि खेल’’ भन्ने भलिवल प्रतियोगिता गर्न लागिएको हो ।
नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा रहेर दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरुले उक्त प्रतियोगिता संचालन गर्ने भएका छन् ।
आगामी जनवरी २६ गते आइतवार दिउँसो १२ बजे प्रतियोगिता बाँडफाँड गरिने तय भएको संघका अध्यक्ष चन्द्र रानाले जानकारी दिनुभयो । बाँडफाँड कार्यक्रममा कोरियामा स्थापित विभिन्न संघसंस्था, भलिबल खेलाडी र खेलप्रेमी सबै नेपालीहरुमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ । कार्यक्रममा दर्शन नमस्ते रेष्टुरेन्टको सभा हल, छैठौं तल्लामा हुने भएको छ । यहाँ जानका लागि सौलको मेट्रो लाईन नं १ र ४ दोङ्देमुन स्टेशन गेट नं ३ प्रयोग गर्नुपर्ने संघका अध्यक्ष रानाले जानकारी दिनुभयो ।