जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ गीत सार्वजनिक (भिडियो सहित)

0
90

कमला केसी/दक्षिण कोरिया
गायक जिन्लाप तामाङको स्वरमा रहेको नयाँ गीत ‘कोरियाको शहरमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतलाई गायक तामाङकै आधिकारिक युट्युब च्यानल ‘जिन्लाप तामाङ’ मार्फत शनिबार सार्वजनिक गरिएको हो ।
गीतमा शब्द, संगीत, र स्वर स्वयम् गायक जिन्लाप तामाङकै रहेको छ भने गीतको म्युजिक भिडियोमा पनि गायक तामाङले अभिनय गरेका छन् । दक्षिण कोरियाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको यो भिडियोलाई शुभराज भोम्जनले निर्देशन गरेका हुन् ।
गीतको मिक्सिङ मनोज थापा मगरले गरेका हुन् भने एम स्टुडियोमा रेकर्डिङ गरिएको हो । त्यसैगरी छायांकन अमिर योञ्जन र जोन राईको सम्पादन रहेको छ ।
गीतले परदेशमा रहँदाका पीडा र चुनौतीपूर्ण अवस्थाहरूलाई मार्मिक रूपमा प्रस्तुत गर्न खोजेको छ । यसले विदेशमा रहँदा घरदेशको सम्झना र जीवनका कठिन क्षणहरूलाई कलात्मक शैलीमा अभिव्यक्त गरेको पाईन्छ ।
शुभराज भोम्जनको निर्देशनमा बनेको यो म्युजिक भिडियो दक्षिण कोरियाका विभिन्न शहरहरूको मनमोहक दृश्यहरूसहित तयार पारिएको छ । अमिर योञ्जनको उत्कृष्ट छायांकनले भिडियोलाई थप आकर्षक बनाएको छ ।
गायक तामाङले यो गीत आफ्नो व्यक्तिगत अनुभव र परदेशी नेपालीहरूको मनको भावनालाई सम्बोधन गर्न तयार पारेको दावी गरेका छन् । उनका अनुसार गीत र भिडियोले दर्शकहरूको मन जित्ने अपेक्षा गरिएको छ । ‘कोरियाको शहरमा’ अहिले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
कोरियामा रहेका सम्पूर्ण नेपालीहरूसँग गीतले भावनात्मक सम्बन्ध स्थापित गर्ने गायक तामाङको अपेक्षा छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्