कमला केसी/दक्षिण कोरिया
प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाले मुलुक एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाउने भएको छ ।
आगामी सन् २०२५ जनवरी ११ मा विशेष कार्यक्रमको आयोजना गरिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच शुभकामना आदानप्रदानसहित नेपाली समुदायबीच भेटघाटको अवसर प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रवासी नेपाली एकता समाजले जनाएको छ ।
कार्यक्रम दक्षिण कोरिया स्थित कामना रेस्टुरेन्ट, सुवोनको ९ नम्बर गेटमा दिउँसो १२ बजेदेखि संचालन हुने भएको छ । कार्यक्रममा कोरियामा रहेका सम्पूणर् नेपाली आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणा गरिएको छ । नेपाली एकता र पहिचानलाई झल्काउन तथा आपसी भाइचारालाई सुदृढ पार्न कार्यक्रमको आयोजना गरिएको छ ।
थप जानकारी र सहभागिताका लागि तल दिईएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
010-59228444
010-82753445
010-44315547
010-80589691






