दक्षिण कोरियामा तमू ल्होसार-२०८१ भव्य रुपमा मनाईदै

0
159

 कमला केसी/दक्षिण कोरिया
रोजगारी तथा विभिन्न शिलशिलमा दक्षिण कोरियामा रहेका नेपालीहरुले यस वर्षको तमु ल्होसार भव्य रुपमा मनाउने भएका छन् ।
तमु ल्होसार पर्वको अवसरमा आगामी जनवरी ५ तारिकमा दक्षिण कोरिया स्थित HW 컨벤션센터 허림각, Seoul, South Korea, 서울 종로구 자하문로 255, 부암동 190-3 (HW Wedding Party/HW Convention Center) मा कार्यक्रम गर्न लागिएको हो ।
उक्त दिन दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम संचालन गरिने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा विशेष कार्यक्रम गर्न थालिएको हो । तमू जातीय पहिचान, भाषा, लिपि, धर्म, संस्कृति, र परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९९ मा स्थापना भएको यो संस्थाले निरन्तर रुपमा तमूहरुको महान पर्व तमू ल्होसार मनाउँदै आएको छ ।
सोहि अनुसार यस वर्ष पनि तमू धीं दक्षिण कोरियाले तमूहरूको महान चाड र राष्ट्रिय पर्व तमू ल्होसारको अवसरमा मुप्री ल्हो (गरुड वर्ग) को विदाई र सप्री ल्हो (सर्प वर्ग) को स्वागत गर्दै विशेष कार्यक्रमको आयोजना गरेको हो ।
पर्वका अवसरमा तमू परम्परागत परिकारहरूको विशेष स्योंकै (दिवा भोज), शुभकामना आदानप्रदान र तमूहरूको मौलिक स्याई-स्याई कार्यक्रम, चर्चित कलाकार जालुमाया गुरुङ र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा अन्य आकर्षक कार्यक्रम राखिएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि कोरियाबासी सम्पूणर् नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्