श्रवण श्रेष्ठ/दक्षिण कोरिया
नेपालीहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल मगर संघ दक्षिण कोरियाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।
“चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै नेपाल मगर संघ दक्षिण कोरिया (किम्हे/बुसान शाखा, थेगु शाखा, जेजु शाखा, डिएसएमइ मगर समाज गजेदो, र अठार मगरात खामभाषी सम्पर्क मञ्च) को संयुक्त आयोजनामा मगर समुदायको पर्व माघे सक्रान्ति विशेष कार्यक्रम-२०८१ भब्य रुपमा मनाउने गरी तयारी थालिएको छ ।
आगामी जनवरी १२ तारिक आईतवार हुने कार्यक्रममा चर्चित गायिका बिमता घर्ति मगरका साथै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने भएको छ भने मगर परम्परागत स्वादिष्ट परिकारहरूको विशेष व्यवस्था समेत गरिएको छ ।
कार्यक्रम दक्षिण कोरिया स्थित 호박나이트 클럽 경기도 수원시 팔달구 매산로 1가 57-3 (역전시장 2층) मा विहान ११ बजेदेखि शुरु हुने भएको छ ।
कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सक्रिय सहभागिता जनाउन सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक आमन्त्रण समेत गरेको छ ।






