दक्षिण कोरियामा प्रथम स्याङ्जा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने

0
141

कमला केसी/दक्षिण कोरिया
स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
यहि डिसेम्बर २९ गते आइतबारका दिन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता पुरुष डबल लिगमा आधारित भएर संचालन गरिने भएको छ । प्रतियोगिता दक्षिण कोरिया स्थित “ब्याडमिन्टन एकेडेमी” मा हुने भएको छ ।
कार्यक्रममा सहभागी हुने सम्पूणर् खेलाडीहरू तथा खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गरिएको शुसिल गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि स्थानीय संस्था तथा ब्याडमिन्टन क्लबहरुको पनि सहकार्य रहेको छ ।
विदेशमा रहेका नेपालीहरूको खेलकुद क्षमतालाई विकास गरी आपसी एकता र सद्भावको विकास गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै विताऔँ परदेशी जीवन भन्ने नाराका साथ स्थापना भएको स्याङ्जा परिवारले विगतदेखिनै खेल तथा सामाजिक कामहरु गर्दै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्