‘तिम्रै पिरले’ बोलको मार्मिक गितको म्यूजिक भिडियोको पोष्टर सार्वजनिक

0
70

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको छुन्ग्जु क्षेत्रमा छायांकन गरिएको मार्मिक नेपाली गित ‘तिम्र्रै पिरले’ बोलको गितको म्युजिक भिडियोको पोष्टर सार्वजनिक गरिएको छ ।
नेपाली युवा पुस्ताहरूमा पर्न जाने दुखद कथामा आधारित मार्मिक गीत “तिम्रै पिरले“ बोलको गित सनम परियारको सुमधुर स्वरमा सजिएको छ ।
उक्त गीतमा सोनीप विक्रम शाही, प्रभा गुरुङ, सुरेन्द्र श्रेष्ठ को मुख्य भूमिका रहेको छ भने विष्णु शर्मा, बिनु भण्डारी, गणेश अर्याल, दिपेन्द्र कडेल, मुना घिमिरे कटुवाल, भूमिका भुसालको सहायक भूमिका रहेको छ ।
दिपेन्द्र कँडेलले उत्पादन गर्नुभएको म्युजिक भिडियोमा कथा, निर्देशन र छायाङ्कन सोनम पराजुलीले गर्नुभएको छ भने एडिट युजिना स्टुडियो र कलर सुजन कोइरालाले गर्नुभएको छ । गीत यही आउँदो शनिबार कोरियन समय अनुसार बेलुकी ८ ः ४५ मा सार्वजनिक हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्