कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजले दोस्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
विभिन्न सामाजिक काम गर्ने उद्धेश्यका साथ दुई वर्ष अघि स्थापना भएको समाजले यहि डिसेम्वर २२ तारिक आइतवार स्थापना दिवस तथा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
निक नेपाल ट्राभल्सको सभाहल दोङ्देमुनमा आयोजित पत्रकार सम्मलन मद्यान्न १२ बजेदेखि शुरु हुने भएको छ । स्थापना दिवसलाई भब्य रुपमा सम्पन्न गर्नका लागि सम्पुणर् कोरियाका दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आयाोजकले अनुरोध गरेको छ ।
सो अवसरमा कास्की परिवार समाजले कोरियाको महत्वपुणर् पर्व सलनालको अवसरमा आयोजना गर्न लागेको माछापुच्छ्रे सांगितिक सौगात भाग ४, १९७४ एक लाईभ कन्सर्टको बारेमा पनि जानकारी दिने कार्यक्रम रहेको छ ।
स्थापना दिवसमा खुसीयाली साटासाट तथा आपतकालीन कोष स्थापनार्थ सहयोगार्थ गर्न थालिएको माछापुच्छ्रे सांगितिक सौगात भाग ४ लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि पनि समारोह आयोजना गरिएको गण्डकी प्रदेश समाजका अध्यक्ष प्रवीण गिरीले जानकारी दिनुभयो । उहाँले समारोहमा उपस्थितिका लागि सम्पुणर् कोरियावासी दाजुभाई तथा दिदीबहिनीहरुमा आमन्त्रण गरिएको बताउनुभयो ।
आगामी जनवरी २८ तारिकमा हुने माछापुच्छ्रे सांगितिक सौगात भाग ४को तयारी तीब्र रुपमा भैरहेको छ भने कार्यक्रमको पोष्टर समेत केहि दिन अघि सार्वजनिक गरिसकिएको छ ।






